काठमाडौं । ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली पौडी खेलाडी शिरिष गुरुङले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । भर्खरै सम्पन्न १०० मिटर फ्रि स्टाइलको प्रतिस्पर्धामा उनले ५७.७६ सेकेन्डमा दूरी पूरा गरी नयाँ कीर्तिमान कायम गरेका हुन् ।
सत्र वर्षीय शिरिषले ४५ पटक भन्दा बढी राष्ट्रिय कीर्तिमान कायम गरिसकेका छन् । उनी नेपालका कुशल पौडीबाज हुन् । रासस