एजेन्सी। पौडीमा कीर्तिमान माथि कीर्तिमान राखी चर्चामा रहिरहेका अमेरिकी पौडीबाज माइकल फेलप्सले ओलम्पिक इतिहाँसमै अहिलेसम्म कसैले बनाउन नसकेको किर्तिमान कायम गरेका छन्। उनले शुक्रबार बिहान रियोको अक्वाटिक पौडी पोखरीमा भएको २ सय मिटर बटरफ्लाई स्पर्धामा स्वर्ण जितेसंगै उनी ओलम्पिकमा २२ स्वर्ण जित्ने एक्लो खेलाडी बन्न पुगेका हुन्।
एकतिस वर्षीय पौडीबाज फेलप्सले आफ्नो एकल स्पर्धातर्फ स्वर्णको संख्या १३ पुगेपछि उनी रोडेस (पुरानो ग्रिस) का लियोनिदासको २ हजार वर्ष पुरानो कीर्तिमानलाई पनि भंग गरिदिएका छन्। इतिहासकारहरूका अनुसार धावक लियोनिदासले १ सय ५२ बिसीमा एक्लो प्रयासमा १२ वटा स्वर्ण जितेका थिए।
३६ वर्षीय लियोनिदासले २ सय, ४ सय र सिल्ड बोकेर दौडिनु पर्ने तीनवटा स्पर्धामा लगातार ३ ओलम्पिकमा स्वर्ण जितेका थिए। लियोनिदासभन्दा ५ वर्ष कान्छा फेलप्सले ४ वटा ओलम्पिकमा एक्लो स्पर्धामा १३ र रिलेमा १० गरि कूल २२ स्वर्ण जितेका हुन्। ओलम्पिकमा भने उनको कूल पदक संख्या २६ पुगेको छ। उनले स्वर्णबाहेक १ रजत र ३ कास्य जितेका छन्।