काठमाडौं । आइसीसी विश्व लिग च्याम्पियनसिपअन्तर्गत शनिबार भएको खेलमा नेदरल्याण्डको घरेलु टोलीसँग नेपाल सात विकेटले पराजित भएको छ।
नेपालले दिएको ९५ रनको झिनो लक्ष्य नेदरल्याण्डले मात्र १६.५ ओभरमा ३ विकेटको क्षतीमा पूरा गर्यो । स्टेफिन माइबर्गले अविजित ३३ तथा वेस्ली बारिसीले ३७ रनको योगदान नेदरल्याण्डले सहजै जित हाहत पारेको हो ।
टस हारेर ब्याटिङका लागि मैदानमा उत्रिएको नेपाल ३८.१ ओभरमा ९४ रनमा अलआउट भएको नेपालका लागि वसन्त रेग्मी, सागर पुन र सागर केसीले एक एक विकेट लिएका थिए ।
नेपालका कुनै पनि ब्याछट्म्यानले सन्तोषजनक प्रर्दशन गर्न नसकेको आजको आजको खेलमा ओपनर अनिल मण्डलले २०, शरद भेस्वाकरले १४ तथा सोमपाल कामीले १२ रनको योगदान दिएका थिए । कप्तान पारस खड्का भने गोल्डेन डकआउट भएका थिए।
नेदरल्याण्डका टि भान्डर गुटेन र रिपोनले समान ३÷३ विकेट लिएका थिए भने मर्विनले २ विकेट र मार्खरिन र बुकारीले समान एक एक विकेट लिएका थिए।