नेदरल्याण्डसमाथि नेपालको १९ रनको जित, शीर्ष चारमा पर्ने आशा बढ्यो

Advertisement

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेदरल्याण्ड्ससँग सात विकेटको हात व्यहोरेको नेपालले दोस्रो खेलमा भने १९ रनको महत्वपूर्ण जित हात पारेको छ । 

पारस खड्काको कप्तानी पारीको मद्दतमा नेदरल्याण्डसलाई उसकै भूमिमा हराउन नेपाल सफल भएको हो । यो जितसँगै नेपाल शीर्ष चारमा पर्ने संभावना कायम रहने संभावना बढेको छ । 

Advertisement

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २१७ रन बनाएको थियो । यसमा पारस खड्काले ८४ रन जोडेका थिए । जवाफमा उत्रिएको नेदरल्याण्ड्सले अन्तिम ९ बल खेल्नु अघि नै १९८ रनमा अलआउट भएको थियो । 

अन्तिम दुई ओभरमा सोमपाल कामीले एक विकेट लिए लिनुका साथै अर्का एक जना रन आउट भएपछि नेपाललाई १९ रनको जित हात लागेको हो । पहिलो आठ ओभरमै नेदरल्याण्ड्स तीन विकेट गुमाएर फितलो सुरुवात गरेको थियो भने जम्मा २१ रन जोडेको थियो । बीचमा उसको खेल सुधार भए पनि अन्तिममा विकेट जोगाउन नसकेपछि नेदरल्याण्ड्सले हात व्यहोर्नु परेको हो । 

नेपालको लागि पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले २(२ विकेट लिएका थिए भने शक्ति गौचन, सन्दिप लामिछाने र सागर पुनले १(१ विकेट लिएका थिए । सुरुमा ६५ रन जोड्दा ३ विकेटको क्षति भोगेको नेपालले खेल सुधा गर्दै २१७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । 

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेलिएका आठ खेलमा नेपालको यो तेस्रो जित हो । पछिललो यस खेलमा हार पछि पनि नेदरल्याण्ड १२ अंकसहित शीष आठ स्थानमा छ भने नेपाल छ अंकसहित छैटौं स्थानमा रहेको छ । प्रतियोगिताको शीष चारमा अटाउन सफल हुनेले बंगलादेशमा हुने अब हुने विश्व कप क्रिकेटमा भाग लिन पाउने छ । 

Advertisement

Advertisement