एभर्टनलाई पराजित गर्दै युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा

Advertisement

एजेन्सीः इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा एभर्टनलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा एभर्टनलाई २-० ले पराजित गर्दै युनाइटेड दोस्रो स्थानमा उक्लिएको हो ।

५७ औं मिनेटमा गोल गर्दै मार्शलले खेलमा युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा लिङगार्डले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए । लिगमा लगातार तीन खेलमा बराबरीपछि युनाइटेडले जित दर्ता गरेको हो । युनाइटेड पहिलो हाफमा बराबरीमा रोकियपनि दोस्रोमा भने आक्रमक प्रदर्शन गरेको थियो ।

जितसँगै लिगमा युनाइटेड २२ खेलबाट ४७ अंकका साथ दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको चेल्सी भने २१ खेलबाट ४५ अंकका साथ तेस्रो स्थानमा रहेको छ । युनाइटेड र्शीष स्थानको म्यानचेस्टर सिटी भन्दा १२ अंकले पछि छ ।

Advertisement

Advertisement

Advertisement