काठमाडौं । नेपाल प्रहरीको लागू औषधि नियन्त्रण ब्यूरोले अष्ट्रेलियामा लागुऔषध मेथएम्फेटामिन पठाउनेहरुलाई पक्राउ गरेको छ । उक्त कारोबारमा रहेका प्रभाकर खनाल र प्रदीप अधिकारीले प्रहरीले पक्राउ गरेको हो ।
नुवाकोट नर्जामण्डपका २४ बर्षीय खनाललाई पूरानो वसपार्क तथा सोही ठाउँका अधिकारीलाई बसन्धरा चोकबाट पक्राउ गरिएको हो । अष्ट्रेलियाको फेडरल पुलिसले गत फागुन २८ गते त्यहाँबाट २१ बर्षका युनिस श्रेष्ठलाई चार किलो मेथएम्फेटामिनसहित पक्राउ गरेको थियो । उनैले दिएको बयानका आधार खनाल र अधिकारीलाई पक्राउ गरिएको हो ।
श्रेष्ठको बयानअनुसार उक्त लागुऔषध उनलाई आसो कविर उपनामको प्रभाकर खनालले दिएको थियो थाइल्याण्डबाट तस्करी हुँदै अष्ट्रेलिया पुगेको मेथएम्फेटामिन अहिले पक्राउ परेका अधिकारीको निर्देशनमा आशो कविरले युनिसलाई बुझन लगाएका थिए ।
पक्राउ परेकाहरुलाई लागुऔषध (नियन्त्रण) ऐनअनुसार मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जनाइएको छ । यसअघि पनि ब्यूरोले चीनबाट अष्ट्रेलिया उक्त लागुऔषध पठाउने गिरोहमध्ये नेपालमा रहेका विक्रम लामिछाने, होम तामाङलाई पक्राउ गरेको थियो । उनीहरु थुनामा रहेका छन् ।