क्यानमा देखिएको विवाद आफ्नै पालोमा समाधान गरेरै छाड्ने खेलकुदमन्त्रीको जिकिर

Advertisement

रत्ननगर (चितवन)। युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले खेल क्षेत्रमा राजनीतिकरण हुन नदिने प्रतिबद्धता जनाएका छन्।

चितवनको भरतपुरमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै उनले विधि र प्रक्रियाअनुसार नै काम गर्ने भन्दै राजनीतिकरण हुनबाट रोक्ने बताए ।

Advertisement

प्रेस सेन्टर नेपाल चितवनको आयोजनामा भएको पत्रकार भेटघाटका क्रममा उनले अन्य राजनीतिक दलको भावनालाई समेत समेटेर सहकार्यका हिसाबले विधि र प्रक्रिया अनुसार आफू अगाडि बढ्ने प्रष्ट्याए।

नेपाल क्रिकेट सङ्घ (क्यान) विवादका विषयमा पत्रकारले सोधेको जिज्ञासामा उनले क्यानमा देखिएको विवाद आफ्नै पालोमा समाधान गरेरै छाड्ने जिकिरसमेत गरे । साग खेल नेपालमा हुन लागेकोमा खुसी व्यक्त गर्दै उनले तयारीमा मन्त्रालय लागिपरेको जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय खेल मैदान निर्माणलाई प्राथमिकता दिँदै स्पोट्र्स विश्वविद्यालयको अवधारणा आफूले अघि सारेको जानकारी दिए ।

‘स्पोट्र्स युनिभर्सिटीको अवधारणा अघि सारिएको छ, मन्त्री श्रीपाइलीले भन्नुभयो “यसका लागि अध्ययन टोलीसमेत खटाइसकेको छु नेपालमा यो सम्भव छ ।” रासस

Advertisement

Advertisement