एजेन्सी। आगामी सन् २०२० मा हुने टोक्यो ओलम्पिकलाई स्वागत गर्दै ब्राजिलमा जारी ३१ औं संस्करणको ग्रिसमा कालिन रियो ओलम्पिक-२०१६ सोमबार भव्यताका साथ सम्पन्न भएको छ।
नेपाली समय अनुसार सोमबार बिहान रियो दि जेनेरियोमा भएको विशेष समारोहकाबीच कार्यक्रम समापन भएको हो।
कार्यक्रम समापन चलिरहँदा भारी वर्षा भएको थियो र तर त्यो भब्य आयोजन मकाराना रंगशालालाई खासै प्रभाव परेको देखिदैन थियो।
समापन समारोहमा पनि ओलम्पिक राष्ट्रका खेलाडीहरु सहभागी थिए। समापनमा २०७ राष्ट्रकै प्रतिनिधित्व हुने गरी ब्राजिलको कला संस्कृति र झाँकी समावेश भएको प्रदर्शनी गरिएको थियो।