म्यानचेस्टर सिटीको सिजनमा पहिलो हार लिभरपुलको घरमा

Advertisement

एजेन्सी इंग्लिस प्रिमियर लिग फुटबलमा अपराजित रहेको म्यानचेस्टर सिटीले लिभरपुलसँग सिजनकै पहिलो हार व्यहोरेको छ । गए राति भएको खेलमा लिग लिडर सिटीलाई लिभरपुलले ४३ गोलले पराजित गरेको हो ।

लिभरपुलको घरेलु मैदानमा भएको ओक्सालेड चम्बेर्लेनले नवौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई बराबरीमा फर्काएका थिए ।

दोस्रो हाफको ५९ औं मिनेटमा लिभरपुलका फिर्मिनो, ६१ औं मिनेटमा मानेले र ६८ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४१ को अग्रता दिलाए ।

खेलको ८४ औं मिनेटमा बनान्डो सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काउनले कोसिस गरे । साथै गुन्डोगोनाले अतिरिक्त समयमा गोल गर्दै सिटीलाई मजबुद अवस्थामा ल्याए पनि हार टार्न सकेनन् ।

हारपछि पनि सिटी लिगमा १५ अंकको अग्रताका साथ शिर्ष स्थानमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement