फिफा बरियतामा नेपालको स्थिति सुधार, दुई स्थान उक्लिएर १८६ औं स्थानमा पुग्यो

Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा दुई स्थान माथि उक्लिदै १८६औं स्थानमा पुगेको छ । फिफाले बिहीबार जारी गरिएको नयाँ वरियता सुचीमा नेपालको स्थानमा केही सुधार आएको हो । 

दक्षिण एसियाका आठ मुलुकमा नेपाल पाँचौं स्थानमा रहेको छ । यस क्षेत्रमा भारतले अफगानिस्थानलाई उछिन्दै शीर्ष अर्थात १४८औं स्थानमा पुग्न सफल भएको छ भने माल्दिभ्स नौ स्थान उक्लिएर १६५औं स्थानमा पुग्न सफल भएको छ । दुई स्थान झरेको बंगलादेश १८५ औं स्थानमा छ । नेपालभन्दा पछाडि भुटान (१८९), श्रीलंका (१९३) र पाकिस्तान (१९४) छन् । 

Advertisement

विश्व वरियताको शीर्ष स्थानमा अफगानिस्तान र दोस्रो स्थानमा बेल्जियम कायमै रहेका छन भन भने तेस्रो नम्बरमा जर्मनी उक्लिन सफल भएको छ । वरियताको अन्तिम स्थानमा अर्थात २०५ नम्बरमा सोमालिया छ । 

सिनियर टिमले चार वर्षयता खेलेका अन्तर्राष्ट्रिय खेलको नतिजालाई आधार मानेर मासिक रुपमा सार्वजनिक गरिने फिफा वरियतामा नेपालले यस पटक ७४ अंक जोडेर अघि बढन सफल भएको हो । 

नेपालले यसअघि बंगबन्धु गोल्डकप च्याम्पियन बन्न सफल भएको थियो । अब आउँदो नोभेम्बरम मलेसियामा हुने सोलिडारिटी कममा विभिन्न आठ मुलुक प्रतिस्पर्धा गर्दैछन् । 

Advertisement

Advertisement