काठमाडौं । राजधानीका विद्यालयमा बिहानैदेखि बम आतंक मच्चाउने कार्यमा संलग्न भएको आरोपमा २ जना पूर्व माओवादी लडाकुलाई प्रहरीले पक्राउ गरेको छ। योङ कम्युनिस्ट फोर्स नेपालका कार्यकर्तासमेत रहेको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए।
‘बम आतंक गर्ने मुख्य २ जनालाई हामीले नियन्त्रणमा लिइसकेका छौ’, एसएसपी थापाले भने, ‘अरू पनि पक्राउ गर्न बाँकी छ।’ अनुसन्धान जारी रहेका कारण प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन। बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिस्ट फोर्स नेपाल लेखिएको पर्चा फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौंको डल्लुस्थित कञ्चजजंघा स्कुल, बौद्धस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र बौद्ध दक्षिणढोकास्थित मनोकामना स्कुलमा एकाबिहानै शंकास्पद वस्तु भेटिएको थियो । यस्तै ललितपुरको रेडियन्ट स्कुलमा पनि प्रेसरकुकर बम भेटिएको थियो।