नेपाली महिला क्रिकेट टोलीले एसिया कप खेल्न पाउने निश्चित

Advertisement

काठमाडौंः आइसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको उपविजेता बनेको नेपाली टोलीले एशिया कप क्रिकेट खेल्न पाउने भएको छ । सन् २०१६ को अन्त्यितिर थाइल्याण्डमा हुने यस खेलमा नेपाल र थाइल्याण्डले पनि खेल्न पाउने भएका हुन । 

एसियाका चार टेष्ट टोलीसँगै खेल्न लागेको नेपाली महिला क्रिकेट टोलीले समूहको अन्तिम खेलमा चीनलाई हराउँदै समूह उपबिजेता बनेको हो भने अर्को खेलमा समूह बिजेता थाइल्याण्डले हङकङलाई हराएको छ । 

Advertisement

महिला विश्वकपको एसियाली छनौटमा हङकङ र चीनलाई पछि पार्दै नेपाल ६ अंकसहित समूह उपबिजेता बनेको हो । कुल ६ मध्ये तीन खेलमा नेपालले जित हासिल गरेको छ भने चीनलाई दुवै खेलमा हराएको थियो । 

यता समूहमा ६ खेलमध्ये पाँचमा जित हासिल गरेको थाइल्याण्ड समूह बिजेता बन्दै विश्वकप छनौटमा पुगेको छ भने हङकङ र चीन भने विश्वकप र एसियाकप दुवैबाट बाहिरिएका छन् ।

हङकङमा भएको खेलमा चीनले दिएको ८६ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि टस जितेर ब्याटिङ रोजेको चीनले २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनाएको थियो । 

नेपालकी नेरी थापाले २२, सीता रानामगरले २०, कप्तान रुविना क्षेत्रीले १० रन बनाइन भने चीनका लागि ओपनर जोउ मियाओले १८, फेङफेङ सोङले ३४ रन बनाएकी थिइन । 

बलिङतर्फ नेपाली कप्तान रुविना क्षेत्रीले ४ ओभरमा १० रन दिएर २ विकेट लिएर म्यान अफ द म्याच भइन भने निर्मला कुमारी र करुणा भण्डारीले पनि १ १ विकेट लिए । 

Advertisement

Advertisement