पहिलो अभ्यास खेलमा युएईबिरुद्ध नेपालको शानदार जित

Advertisement

काठमाडौंः आइसीसी विश्वकप छनौट अन्तर्गतको अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएइ)विरुद्ध शानदार जित हासिल गरेको छ । एक सय ७२ रनको लक्ष्य पाएको नेपालले युएइलाई पाँच विकेटले पराजित गर्न सफल भएको हो ।

नेपालले चार बल बाँकी रहँदै लक्ष्य भेट्टाएको हो। नेपालका लागि शरद भेषवाकर र आरिफ शेखले उत्कृष्ट प्रदशन गर्दै नेपाललाई पहिलो अभ्यास खेलमा जित दिलाउन सफल भएका हुन ।

भेषवाकरले ७९ बल खेल्दै ४१ रन जोडे भने शेखले १५ बलमा १ छक्का र दुई चौकाको मद्दतमा २३ रन प्रहार गरे। युएइसँग डिभिजन टू को फाइनलमा ७ रनले पराजित भएको नेपालले आजको खेल जितेर बदला लिएको छ।

वर्षाका कारण २९ ओभरमा छोट्याइएको खेलमा युएइले ओभर सकिन एक बल बाँकी छँदा सबै विकेटको क्षतिमा १७१ रन बनाएको हो । युएइका लागि अश्फक अहमदले ४२ रन बनाए भने एडन मुफ्तीले ३७, घुलाम सब्बिरले ३२, मोहम्मद उस्मनले २६ र शैमन अन्वारले १६ रन बनाए ।

नेपालका लागि ललित भण्डारीले चारविकेट लिए भने करण केसीले समान तीन विकेट, ललितनारायण राजवंशीले दुई र कप्तान पारस खड्काले एक विकेट लिए । नेपालले आफ्नो दोस्रो अभ्यास खेल बिहिबार हङकङसँग बिहीबार खेल्दैछ।

Advertisement

Advertisement

Advertisement