काठमाडौंः जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालाई आयोजक टोली जिम्बावेले ३८१ रनको लक्ष्य दिएको छ । जिम्बावेले निर्धारित ५० ओभरको खेलमा छ विकेट गुमाउँदै ३८० रन बनाएको हो ।
टस जितेर सुरुवाती ब्याटिङ गरेको जिम्बावेका ब्याट्सम्यानले नेपाली बलरहरुलाई आच्छुआच्छु पारेपछि ठुलो लक्ष्य नेपालले पाएको हो । यो लक्ष्य अहिलेसम्म विश्वकप छनोटाम कुनै पनि टोलीले पाएको लक्ष्यभन्दा धेरै हो ।
घरेलु टोलीका लागि सिकन्दर राजाले ६६ बलमा १२३ रन बनाए भने ब्रेन्डन टेलरले १०० रन बनाए ।
नेपालका लागि सोमपाल कामीले र बसन्त रेग्मीले समान २ विकेट तथा सन्दिप लामिछाने र ललित राजवंशीले समान एक विकेट लिए ।