नेपालले इतिहास रच्दैै एएफसी सोलिडारिटी कप जित्न सफल

Advertisement

काठमाडौंः नेपालले मकाउलाई पराजित गर्दै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्न सफल भएको छ । मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल खेलमा मकाउलाई शुन्यका विरुद्ध एक गोल गर्दै नेपाली राष्ट्रिय टिमले नेपाललाई ऐतिहासिक जित दिलाउन सफल भएको हो । 

यस जितसँगै नेपाल पहिलो महादेशीय उपाधि पनि हासिल गर्न सफल भएको छ । नेपालका लागि सुजल श्रेष्ठले गरेको एक गोल नै उपाधीका लागि पर्याप्त भयो । 

Advertisement

विश्वकप २०१८ र एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरुका लागि एएफपी (एसियाली फुटबल महासंघ)ले आयोजना गर्ने यस प्रतियोगिता जित्न सफल भएर नेपाल अब विश्व कपका लागि पनि तयारीमा छ भन्ने सन्देश दिएको छ । 

विगत ११ महिनामा नेपालले फुटबलमा जितेको यो तेस्रो महत्वपूर्ण उपाधी हो । यसअघि नेपाली टिमले बंगबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक हात पारेको थियो ।

झरीका बीच पनि खेलको अधिकांश समय नेपालले बल नियन्त्रणमा राख्रदै आक्रमण गर्न सफल भएको थियो । नेपालको तर्फबाट धेरै पटक गरिएका प्रहार खेर गरेका थिए । 

Advertisement

Advertisement