काठमाडौंः युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीले एएफसी सोलिडारिटी कप जित्न सफल नेपालरु राष्ट्रिय टिमका प्रत्येकलाई तीन लाख रुपियाँका दरले पुरस्कार दिने घोषणा गरेका छन् ।
‘हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो विजय हासिल गरेका छन,’ मन्त्री श्रीपालीले भने, ‘यो विजयले हाम्रो सान र गरिमालाई उच्च बनाएको छ । सरकारले विजयी खेलाडीलाई प्रतिव्यक्ति तीन लाख नगदले सम्मान गर्ने निर्णय गरेको छ ।’
नगद सहितको सम्मानको लागि मन्त्री श्रीपालीले मंगलबार नै तयारी गर्न सम्बन्धित निकायलार्इ निर्देशन दिएको जनाएका छन् । मलेसियाको कुचिङमा सम्पन्न एएफसी सोलिडारिटी कपमा मकाउलाई १ शुन्यले हराउँदै नेपाली टोली विजेता बनेको थियो । यो विजयले नेपाली फूटबलमा ३७ वर्षदेखिको इतिहास तोडेको बताइएको छ ।