काठमाडौंः जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डलाई १५० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको हो ।
कप्तान पारसले ७५ बलको समना गर्दै ६३ रन जोडेपछि नेपाल खराब स्थितिबाट माथि आउँदै मध्यक्रमको खेल प्रदर्शन गरेको हो । उनले ६३ रन प्रहार गर्ने क्रममा १० चौका प्रहार गरे । पारसँगै बसन्त रेग्मीले २४, सोमपाल कामीले १८ र रोहति पौडेलले १५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
स्कटल्याण्का लागि ह्वीटिङघमले तीन विकेट, सरिफले २ विकेट लिए ।