काठमाडौंः नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको टोलीले भारतिय फुटबल आई - लिगको उपाधि उचालेको छ । किरणको क्लब मिनर्वा पञ्जाबले १८ खेलबाट ३५ अंक बटुल्दै उपाधि जितेको हो ।
लिगको आफ्नो अन्तिम खेलमा बिहीवार चर्चिल ब्रदर्शलाई १० गोलले पराजित गर्दै उपाधि रक्षा गरेको छ । किरण टोलीमा लिगको अन्तिम समयमा आबद्ध भएका थिए ।
क्लबका लागि १५औं मिनेटमा भएको विलियन ओपोकुको गोल निर्णायक भयो । खेलमा किरणले एक उत्कृष्ट बचाउ गरेका थिए । लिगमा नेराको दोस्रो स्थानम रह्यो भने विमल घर्ती मगरको क्लब मोहन बगान ३१अंकका साथ तोस्रो स्थानमा छ ।