नेपाल जापान मैत्री फुटबलः नेपाल १-० ले विजयी

Advertisement

काठमाडौंः नेपाल र जापान बीचको जारी मैत्रीपूर्ण फुटबल खेलमा नेपाल १ः० ले  विजयी भएको छ । नेपालका लागि नवयुग श्रेष्ठले गरेको गोल नै निर्णायक भएको छ । भर्खरै मात्र मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेर फर्किएको नेपाली राष्ट्रिय टिमले नेपाललाई अर्को खुसी थपेको हो ।  

सातदोबाटोस्थित खेल मैदानमा जारी खेलको ५६औं मिनेटमा विमल घर्तिमगरको पासलाई विक्रम लामाले प्रहार गर्दा जापानी गोलकिपरले रोके पनि नियन्त्रणमा लिन नसकेपछि नवयुगले गोल गर्न सफल भएका हुन । खेल हेर्न युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीदेखि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी सातदोबाटो पुगेका थिए । 

Advertisement

Advertisement

Advertisement