एक सय ५३ रनमा समेटियो हङकङ, सन्दिपको तीन विकेट

Advertisement

काठमाडौंः जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिको अन्तिम खेलमा नेपालले हङकङलाई १५३ रनमा सकेटेको छ । करण केसीले नेपाललाई नवौं सफलता दिलाएका छन् उनले आफ्नो सातौं ओभर बलिङ गर्ने क्रममा इशान नवाजको विकेट लिएका हुन । हाल हङकङले ४८ ओभर बलिङ गर्दै १५३ रन बनाएको छ ।

नेपाललाई छैटौं सफलता, राजवंशीको पहिलो विकेट (अपडेट)


ललित राजवंशीले नेपालका लागि छैटौं विकेट लिएका छन् । उनले खेलमा सार्वधिक ४७ रन बनाएर खेलीरहेका निजाकात खानको विकेट लिएका हुन् । हाल हङकङ ३० ओभरको बलिङ गर्दै एक सय आठ रन बनाएर खेलीरहेको छ ।

नेपाललाई पाँचौ सफलता दिलाए ऐरी

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले पाँचौ विकेट लिएका छन् । उनले हङकङका ब्याट्सम्यान समन्दिप सिंहलाई आउट गरेका हुन् ।

खानले उनको टोलीलाई १९ तीन रनको योगदान दिएका छन् । हालसम्म हङकङको लागि सार्वधिक रन बनाउने खेलाडी उनीमात्र हुन । अहिले हङकङ २५ ओभरमा ८८ रन बनाएर पाँच विकेटको क्षतीमा खेली रहेको छ ।

सन्दिपले लिए चौथो विकेट

पाचौं नम्बरमा ब्याटिङ गर्न मैदानमा आएका शाहीद वास्लफलाई सन्दिपले आउट गरेका छन् । वास्लफलाई सन्दिपले ब्याटिङ गर्न आएको पहिलो ओभरमै आउट गरेका हुन् । हङकङले अहिले १४ दशमलव ३ ओभर ब्याटिङ गर्दै ५८ रन बनाएर चार विकेट गरमाएको छ ।

सन्दिपले लिए हङकङको तेस्रो विकेट

चौथो नम्बरमा ब्याटिङ गर्न मैदानमा आएका अंशमान रथको विकेट सन्दिपको हातबाट गएको छ । सन्दिपले रथको विकेट उनको पहिलो ओभरमै लिएका हुन । यससँगै हङकङ अब नेपालसँगको खेलमा दबावमा परेको छ ।

उसले १३ ओभर बलिङ गर्दै ५६ रन बनाएको छ ।

सफलता, सोमपालले हायातलाई आउट गरे

सोमपालले नेपाललाई दोस्रो सफलता दिलाएका छन् । उनले हङकङका उत्कृष्ट ब्याटस्म्यान तथा कप्तान बाबर हायातलाई आउट गरेका हुन । हायातले खेलमा १६ बलको सामना गर्दै २० रनको योगदान गरेका छन् ।

नेपाललाई वसन्तले दिलाए पहिलो सफलता

नेपालले पहिलो विकेट लिएको छ । छैटौं ओभर ब्याटिङ गर्न आएका वसन्तले हङकङका कार्टरको विकेट लिएपछि नेपालले राहतको शास फेरेको छ । यतिबेला हङकङले छ ओभर ब्याटिङ गर्दै २५ रन बनाएको छ ।

बलिङ गर्दै नेपाल

काठमाडौंः जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आफ्नो अन्तिम खेलमा नेपालले बलिङ गर्ने भएको छ । हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा आएको हो ।

खेल हरारेको क्विन्स क्रिकेट मैदानमा सुरु भएको छ । आजको खेलमा नेपालले हारेमा रेलिगेसनमा पर्दै डिभिजन टुमा घटुवा हुनेछ । जितेमा भने समूह ‘ए’को खेलमा निर्भर पर्छ ।

Advertisement

Advertisement

Advertisement