काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलिले हिजो भएको हङकङबिरुद्धको खेल जिते पछि नेपालले आफ्नो वान-डे अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना कायममै राखेको छ । हिजो भएको खेल जित्ने बित्तिकै नेपाल वान-डे खेल्न भने सिधै योग्य हुने छैन ।
त्यसका लागि अव नेपालले वान-डे अन्तर्राष्ट्रिय मान्यता पाउन पपुवा न्युगिनी र हङकङभन्दा माथि रहनु पर्ने हुन्छ । नेपालले पपुवा न्युगिनीलाई जित्दा र नेदरल्याण्डले हङकङलाई पराजित गरेमा नेपालको वान-डे अन्तर्राष्ट्रिय मान्यता निश्चित हुनेछ । नेपाल र हङकङ दुबैले जितेमा सातौँ स्थानको प्लेअफमा खेल्नुपर्ने हुन्छ र त्यो जित्ने टोलीले वान-डे अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।
हिजो भएको खेलमा नेपालले पहिलो तीन खेल हारेको थियो । हङकङले दोश्रो खेलमा अफगानिस्तानलाई ३० रनले पराजित गरेको थियो जुन अन्तमा टोलिको एकमात्र जितका रुपमा रह्यो ।
नेपाल आफ्नो समूह 'बी' चौंथो भयो अव नेपालले समूह 'ए' को पाँचौं स्थानमा रहेको पपुवा न्युगिनीसंग प्लेअफ़ खेल्नेछ । समूह 'ए' मा चौंथो भएको नेदरल्यान्ड्सले समूह बी को पाँचौं टोलि हङकङसंग खेल्नेछ ।