सन्दिप र दिपेन्द्र चम्किएपछि पीएनजी ११४ रनमा अल आउट

Advertisement

काठमाडौंः नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले ११५ रनको सामान्य लक्ष्य दिएको छ । नेपालले पीएनजीको २७ दशमलव २ ओभरमा सबै विकेट लिँदै ११४ रनमा समेटेपछि जितका लागि सामान्य लक्ष्य पाएको हो ।

नेपालका लागि सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान चार विकेट लिएपछि पीएनजीको ब्याटिङ ध्वस्त भएको थियो । साथै, करण केसी र सोमपाल कामीले समान एक विकेट लिए ।

आजको खेलमा नेपालले जित निकाल्न सकेमा नेपालले अन्तर्राष्ट्यि एकदिवसीय (ओडीआई) मान्यता पाउँने छ । साथै, नेपालले ओडीआई पाउँनलाई हङकङ नेदरल्याण्डस्सँग पराजित हुनपर्छ ।

नेपाल भर्सेस पीएनजीः नेपाललाई आठौं सफलता ऐरीले दिलाए (अपडेट)
दिपेन्द्रसिंह ऐरीले नेपाललाई लगातार सातौं र आठौं सफलता दिलाएका छन् । उनले पीएनजीका जे किला र सिजा एमिनीको विकेट लिएका हुन् । पीएनजी अहिले २६ औं ओभरमा ११३ रन बनाएर खेलीरहेको छ ।

सन्दिपको चमत्कारीक बलिङ, नेपाललाई छैटौं सफलता

सन्दिप लामिछानेले नेपालका लागि लगातार विकेट लिरहेका छन् । उनले व्यक्तीगत चौंथा र टोलीका लागि छैटौं विकेट लिएका छन् । सन्दिपले पीएनजीका के डोरिगालाई आफ्नो चौथो सिकार बनाएका छन् ।

सन्दिपको विकेट ह्याट्रिक, पीएनजीले गुमायो पाँचौ विकेट

नेपाली क्रिकेटको हिरो सन्दिप लामिछानेले लगातार ह्याट्रिक विकेट लिएपछि नेपालले पौंचो सफलता पाएको छ । आइपीएलमा आबद्ध भएका सन्दिपले आफ्नो स्तर अनुसारको खेल प्रदर्शन गरेपछि पीएनजी लगातार विकेट गुमाइरहेको छ ।

सन्दिपले पीएनजीका एमडी दाईलाई आउट गरेका हुन् ।

नेपाललाई चौंथो सफलता, सन्दिपले लिए दोस्रो विकेट

नेपाललाई सन्दिपले व्यक्तीगत दोस्रो तथा टोलीका लागि चौंथो विकेट लिएका छन् । उनले आफ्नो तेस्रो ओभरमा पीएनजीका एस बाजुलाई आउट गरेका हुन् । बाजुले पीएनजीका लागि २१ बलमा ११ रन बनाएका थिए । पीएनजीले खेलमा १५ ओभरमा ५८ रन बनाउँदै चार विकेट गुमाएको छ ।

पीएनजीको तेस्रो विकेट लिए सन्दिपले

पीएनजीले लगातार एकपछि अर्को विकेट गुमाउँदै गएको छ । सन्दिपले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । नेपालका बलरहरु समक्ष पीएनजीका ब्याट्सम्यानलाई टिक्न गाह्रो परिरहेको छ । हाल पीएनजी १३ ओभरमा ५२ रन बनाएर तीन विकेट गुमाएको छ ।

करणको नाममा दोस्रो विकेट

करण केसीले नेपाललाई दोस्रो सफलता दिलाएका छन् । करणले पीएनजीका ओपनर टीपी उराको विकेटका रुपमा नेपाललाई सफलता दिलाएका हुन् । उराले पीएनजीका लागि २३ बलमा ११ रन बनाएका थिए । हाल पीएनजीले आठ ओभरमा दुई विकेटको क्षतीमा २९ रन बनाएको छ ।

सोमपालले लिए पहिलो विकेट

नेपालका लागि सोमपाल कामीले पहिलो सफलताका रुपमा विकेट लिएका छन् । सोमपालले पीएनजीका ओपनर ए भालाको विकेट लिएका हुन् । भालाले सात बलबाट १० रन बनाइसकेका थिए । हाल पीएनजीले २।४ ओभरमा १२ रन बनाएको छ ।

नेपालले टस जितेर रोज्यो ५

Advertisement

Advertisement

Advertisement