यू-१९ एसिया कपः एक रनले नेपाल श्रीलंकासँग पराजित

Advertisement

काठमाडौंः यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकासँग जम्मा १ रनले पराजित हुन पुगको छ । खेलको अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीहरु झिनो अन्तरका कारण पराजित हुन पुगे । 

दिपेन्द्र ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जित नजिक पुर्‍याए पनि अन्तिम चौथो बलमा चुक्दा एक रनले पराजित हुन पुगेको हो । उनले अन्तिम ओभरको दोस्रो बलमा छक्का हाने पनि चार बल बाँकी हुँदा दुई रन भए पुग्ने अवस्था थियो । 

Advertisement

तर, भाग्यले नेपाली टिमलाई साथ दिएन । अन्तिम ओभरको तेस्रो बलमा ऐरी आउट भएपछि नेपालको जितको संभावना गुमेको हो । नेपालले ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । अविनाश कर्ण ४६ औं ओभरमा चौथो बलमा आउट भए पवन सर्राफ शुन्यमा आउट भए । 

सुरुवात निकै खराब भए पनि अन्तिममा सुधार गरेको नेपालले पहिलो विकेटका रुपमा सन्दिप सुनार २ रन गुमाउनु परेको थियो । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२७ रन बनाएको थियो । 

Advertisement

Advertisement