चौराहालाई डीपीएलको दोस्रो उपाधि, काठमाडौं २१ रनले पराजित

Advertisement

काठमाडौंः धनगढी प्रिमियर लिगको उपाधि घरेलु टोली टिम चौराहा धनगढीले उचालेको छ । काठमाडौं गोल्डेन्सलाई फाइनलमा २१ रनले पराजित गर्दै देशकै सार्वधिक नगद पुरस्कार राशीको उपाधी घरेलु टोली चौराहाले जितेको हो ।

सुरुवाती ब्याटिङ गर्दै चौराहाले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १८१ रनको लक्ष्य दिएको थियो । तर, जबाफि ब्याटिङमा आएको काठमाडौंले पुरै ओभर ब्याटिङ गर्दै ८ विकेठको क्षतीमा १६० रन मात्र बनाउन सक्यो ।

चौराहाको लागि सुनिल धमलाले विष्फोटक ब्याटिङ गर्दै तीन छक्का र चार चौकाको मद्दतमा ७८ रन बनाए । चौराहाको लागि रोहन मुस्ताफाले ६० रन र कप्तान सोमपाल कामीले ८ रन बनाए ।

काठमाडौंको लागि सुबोध भाटिले ३ विकेट, सन्नि पटेलले १ विकेट लिए । काठमाडौंको बलिङ र फिल्डिङले उत्कृष्ट प्रदर्शन गर्न नसकेपछि फराकिलो अन्तरको लक्ष्य आत्मसाथ गरेको हो ।

जवाफि ब्याटिङमा आएको काठमाडौंका अमित श्रेष्ठले सार्वधिक ५८ रन, कप्तान ज्ञानेन्द्र मल्लले ३० रन, सन्नि पटेलले २२ रन, नरेश बुढाएरले १९ रन बनाए । चौराहाका ललित भण्डारीले ३ विकेट, रोहन मुस्ताफाले २ विकेट लिए । यस्तै योगेन्द्रसिंह कार्की र साम्सद शेखले समान १ विकेट लिए ।

Advertisement

Advertisement

Advertisement