बिद्यालयमै नौ वर्षीय वालकको बेहोस अवस्थामा मृत्‍यु

Advertisement

ललितपुर । बिहानै आफ्नो नौ वर्षीय छोरोलाई बिद्यालय छोडेर आएको आमालाई आफ्नो छोरोको बिद्यालयमै असामहिक निधन भयो भनेर सुन्नु पर्दा के होला? तर मंगलवार बिहान ललितपुरको एक बिद्यालयमा यस्तै एउटा घटना घट्ट्यो ।    

ललितपुर उपमहानगरपालिका–१७ ट्यागलस्थित प्रभात उच्च माध्यामिक बिद्यालयमा कक्षा ३ मा अध्ययनरत रौतहट चन्द्रपुर–२ घर भई ट्यागल बस्ने ९ वर्षीय कुशल न्यौपानेको बेहोस भएर हिजो मृत्यु भएको हो।

Advertisement

प्रहरीका अनुसार विद्यालयको भ¥याङमा बेहोस भई लडिरहेको अवस्थामा उनलाई शिक्षकले फेला पारी उपचारको लागि किष्ट मेडीकल कलेज ईमाडोल लगेकोमा उपचारको क्रममा उन्को मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

 

Advertisement

Advertisement