काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली डेयरडेभिल्सले घरेलु मैदानमा पञ्जावसँग लगातार पाँचौ हार ब्यहोरेको छ । सोमवार भएको उक्त खेलमा किंग्स इलेभेन पञ्जावसँग ४ रनले पराजित भएको हो ।
दिल्लीलाई पराजित गर्दै पञ्जाव प्रतियोगिताको र्शीष स्थानमा उक्लिएको हो । तर, दिल्ली हारपछि लिग तालिकाको पुच्छरमा रहेको छ । सुरुवाती ब्याटिङ गरेको पञ्जावले १४४ रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा उत्रिएको दिल्लीले ८७ विकेट गुमाउँदै १३९ रनमा अल आउट भयो ।
दिल्लीका श्रेयर एय्यरले सार्वधिक ५७७ रन, राहुल टेवाटियाले २४ रन, पृथ्वी शाले २२ रन र म्याक्सवेल १२ रन बनाए । पञ्जावका अंकित राजपुत, एन्ड्रयू टाई र मुजिव उर रहमानले समान २ विकेट लिए ।
पञ्जावका करण नायरले सार्वधिक ३४ रन, डभिड मिलरले २६ रन, लोकेस राहुलले २३ रन, युवराज सिंहले १४ रन बनाए । दिल्लीका लियाम प्लुंकेटले सार्वधिक ३ विकेट, आवेश खान र ट्रेन्ट बोल्टले समान २ विकेट लिए ।