काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा र जाँच पास गरेर बाहिरिएपछि पक्राउ परेको ३३ किलोभन्दा बण् िअवैध सुनको अनुसन्धानमा उत्साहजनक प्रगति हासिल गरेको बताएको छ ।
यद्यपि ब्यूरोले प्रगति भने खुलाएको छैन । व्यूरोले छानविन र अनुसन्धानको काम भइरहेको बेला यसलाई प्रभावित गर्ने खोजिएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ । संयुक्त अरब इमिरेट्सबाट ३३ किलो ४५५ ग्राम अवैध सुन विमानस्थलबाट बाहिरिएपछि तिलगंगाबाट ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।
उक्त अपराधमा सात जना भइसकेको र उनीहरुसँग सोधपुछ र अनुसन्धान चलिरहेको प्रहरीको भनाई छ । अनुसन्धान अघि बढेकाले यसमा संलग्न कुनै पनि व्यक्ति र संस्था कानुनको दायरामा आउने प्रहरीको विज्ञप्तिमा जनाइएको छ ।