लडाकु समायोजनमा अयोग्य ठहरिएकी मिरा राई नेशनल जोग्राफीको 'साहसी वर्ष व्यक्ति'

Advertisement

एजेन्सी : सायद कमैले पत्त्याएका थिए कि, कुनै बेला राज्यले माओबादी लडाकु समायोजनबाट अयोग्य ठहरिएकी अल्ट्रा म्याराथन धाविका मिरा राईले एकदिन विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको 'एड्भन्चर अफ दी इयर-२०१७' अर्थात ‘वर्ष साहसी व्यक्ति’ हुन्छिन र सो उपाधि कब्जा गर्छिन् भनेर।

तर आज उसलाई बिश्वले चिनेको छ र नेपाललाई नै चाइनाएकी छिन् जब उनले गय राती भएको यस वर्षको नेसनल ज्योग्राफिकको 'एड्भन्चर अफ दी इयर-२०१७'को वास्तविक हाक्दार आफु भएको साबित गरिन् । विश्व अल्ट्रा म्याराथनमा उनले आफूलाई स्थापित गर्दै आएकी थिइन् ।

Advertisement

विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिमार्फत पहिलो भएकी नेशनल जोग्राफीले जनाएको छ।

नेसनल ज्योग्राफिकले राईसहित १० जनालाई मनोनयनमा पारेको थियो। बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ।

छनौटमा परेका व्यक्तिलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्न सकिने ब्य्वस्था गरेको थियो। सर्वाधिक भोट ल्याउने राई यस वर्षको वर्षको साहसिक व्यक्ति भएकी हुन्।

भोजपुरकी २९ बर्षिय मीरा किशोरी अवस्थामा माओवादी लडाकु थिइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजन क्रममा उनी अयोग्य ठहरिएकी थिइन्।

मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन्। उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन्।

अल्ट्रा म्याराथनलाई खेलकुदको कुनै पनि उच्च निकाय र एथ्लेटिक संघले समेत बेवास्ता गर्दै आएको छ।

विगत दुई वर्षमा सफलता हात पार्दै मीरा केही समयअघि मात्र विश्वको दोस्रो स्थानमा उक्लेकी थिइन्। उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन्।

त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन्। त्यही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि नै उनको लोकप्रियता चुलिएको हो। राष्ट्रियस्तरमा पनि उनी खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन्।

मीराको बाल्यकाल भोजपुरको गाउँमै बितेको थियो। गाईबस्तु चराउने र खेतीपातीमै बाल्यकाल बिताएको स्मरण गर्दै मीराले नेसनल ज्योग्राफिकले लिएको अन्तर्वार्तामा भनेकी छन्, ‘गाउँमा केटीहरूका लागि कुनै अवसर थिएन। पढ्ने–लेख्ने समय पनि हामी निकै कम पाउँथ्यौं।’

यसैबीच १४ वर्षको उमेरमा उनी माओवादी ‘जनयुद्ध’मा सामेल भएकी थिइन्। उनले माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिमसमेत लिइन्। सेना समायोजन क्रममा अयोग्य भएपछि बल्ल उनको खेल जीवन सुरु भएको थियो।

Advertisement

Advertisement