जुन बिरालो, उसले यसरी विश्वकप फुटबल विजेताको भविष्यवाणी गर्दैछ

Advertisement

एजेन्सीः रुस विश्वकप २०१८ मा एक विरालोले विश्वकप जित्ने टोलीको भविष्यवाणी गर्ने भएको छ । उक्त कान नसुन्ने सेतो बिरालोले विश्वकपमा जित निकाल्ने टोलीको भविष्यवाणी गर्ने भएको हो ।

यस्तै २०१० मा भएको विश्वकपमा एक अक्टोपसले खेल जित्ने टोलीको भविष्यवाणी गरेर सबै मिलाएको थियो । उक्त अक्टोपसले २०१० को विश्वकपमा खानाले भरिएको दुई बट्टाबाट एउटालाई छानेर विजेताको भविष्यवाणी गरेको थियो ।

बिरालोलाई भने फुटबल टिमको झण्डा अंकित बल राखिने बताइएको छ । एजेन्सीका अनुसार एचिलेसले कन्फेडरेशन कपका खेलहरुको भविष्यवाणी गर्दै नतिजालाई मिलाएको थियो ।

एचिलले कन्फेडेरेशन कपमा अस्ट्रेलिया र क्यारुनबीचको खेलमा अस्ट्रेलियाको झन्डा भएको बललाई रोजेको थियो । अन्त्यमा अस्ट्रेलियाले नै खेल जितेपछि बिरालो चर्चामा आएको हो ।

Advertisement

Advertisement

Advertisement