एजेन्सीः विश्वकप फुटबल हुन एक दिन मात्र रहेको बेलामा स्पेनले आफ्ना प्रशिक्षकलाई बर्खास्त गरेको छ । प्रशिक्षक जुलेन लोपेटेगीले रियल मड्रिडमा अनुबन्ध गरेकाले उनलाई बर्खास्त गरिएको हो ।
विश्वकपमा आफ्नो खेल खेल्न मात्र एक दिन मात्र बाँकी रहँदा प्रशिक्षक बर्खास्तीमा परेका हुन् । स्पेनिस फुटबल फेडेरेसनले ५१ वर्षिय लोपेटेगीलाई बर्खास्त गरेको जनाएको छ । संघलाई जानकारी नदिई क्लबसँग अनुबन्ध गरेकाले उनलाई बर्खास्त गरिएको बताइएको छ ।