एजेन्सी : बार्सिलोनाले गयराती भएको च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेनमाथि ६-१ को जित हात पारेसंगै आफ्नो अन्तिम आठको स्थान पक्का गरेको छ ।
पहिलो लेगमा ४-० को हार व्यहोरेको बार्सिलोनाले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ६-५ गोल अन्तरले बार्सिलोना अन्तिम ८ मा पुग्न सफल भएको हो ।
च्याम्पियन्स लिगको इतिहासमा यसअघि पहिलो लेगमा व्यहोरेको ४-० को हार व्यहोरेको कुनै पनि टिम दोस्रो लेगमा पुनरागमन गर्दै अघिल्लो चरण पुगेको थिएन ।
नाउ क्याम्पमा भएको खेलको ८८ मिनेटसम्म पनि बार्सिलोना ५-३ ले पछाडि परेको थियो । तर, त्यही मिनेटको अन्त्यतिर नेयमारले फ्रिकिकका साथै पेनाल्टी गोल र सार्गी राबर्टोले गोलको मदतमा बार्सिलोनाले इतिहास रच्यो ।
यसअघि खेलमा बार्सिलोनाले तेस्रो मिनेटमा नै लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा पीएसजीका कुर्जावाले आत्मघाती गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २-० ले अगाडि रहृयो ।
५० औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो, जसमा मेस्सीले सहजै गोल गरे । तर ६२ औं मिनेटमा पीएसजीका काभानीले गोल गरे । यससार्ग बार्सिलोनाको अघिल्लो चरण प्रवेश फेरि कठिन देखिएको थियो । किनकी अब बराबरीले मात्र पुगेन, गोल अन्तरमा नै पराजित गर्नु पर्ने भयो ।
८८ औं मिनेटसम्म पनि यो अवस्था थियो । तर, त्यही मिनेटमा नेयमारले फ्रिकिकमा गोल गरे । स्वरेजलाई फल गरेपछि पाएको पेनाल्टीमा उनले नै गोल गरे र, खेल समग्रमा ५-५ को अवस्थामा पुग्यो ।
अतिरिक्त समयको पाँचौ मिनेटमा सार्गीले गोल गरेपछि बार्सिलोना इतिहास रच्न सफल भएको छ ।