केन्याविरुद्ध नेपाल पाँच विकेटले पराजित, अर्को खेलमा सोमबार हुने

Advertisement

काठमाडौँ: केन्याले नेपाललाई विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत पाँच विकेटले हराएको छ । बेला-बेलामा परिरहेको वर्षाले, खेल दुई पटक डक ओर्थ लुइसका आधारमा, खेल पहिलो इन्निंगमा ३८ ओभर र दोश्रो ओभरको अन्तिम समयमा २६ ओभरमा खेल घटाइएको थियो  ।

नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउनको लागि आफ्नो समूह अन्तर्गत चौथो श्रेणीसम्ममा पर्नैपर्ने हुन्छ । नेपालको यस खेल संगै जम्मा छ अंक बटुलेको छ भने केन्याले १० अंक बटुलेको छ  ।

Advertisement

अर्को दोश्रो खेल अब नेपालले केन्यासंग सोमबार बिहान ९ बजे त्रिवि खेल मैदानमै खेल्ने छ। 

यसअघिका हाम्रा अपडेट

वर्षाले पुनः खेल रोकिएको छ । डियल आधारमा अव रेफ्रीको नयाँ घोषणा आउन सक्ने ।


काठमाडौँ : नेपालले अहिले केन्याको चार विकेट लिएको छ । केन्या अहिले चार विकेटको क्षतीमा १७ ओभरमा ६५ रनमा खेलिरहेको छ । नेपालले खेलमा जितको लागि संघर्षरत छ ।

सन्दीपले लिएका छन् दुई विकेट ।

 

डकवोर्थ ल्युइस नियम अन्तर्गत केन्यासामु नेपालले प्रस्तुत गर्यो १०४ रनको चुनौती

काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि मैदान किर्तिपुरमा भइरहेको नेपाल- केन्याबीचको खेल पुनः सुरु भएको छ।

 
वर्षाले दुई पल्ट बाधा पुर्याएको खेलमा नेपालले केन्यालाई १ सय ४ रनको चुनौती दिएको छ। वर्षाका कारण ५० ओभरको खेललाई सुरुमा ३८ ओभरमा छोट्याइएको थियो। तर, नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनाइसकेको स्थितिमा पुनः पानी परेको थियो।
 
त्यसपछि नेपालले बाँकीको २ ओभर खेल्न पाएन। फेरि ओभर घटाउँदा केन्याले डकवर्थ एन्ड लुइस नियमको आधारमा २९ ओभरमा १ सय ४ रनको लक्ष्य पाएको छ।
 नेपालले अहिले १० ओभरमा केन्याको तीन विकेट लिएको छ ।

 

काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि मैदान किर्तिपुरमा भइरहेको नेपाल- केन्याबीचको खेल पानी परेर रोकिएको छ।  ३६ अोभरमा ११२ रन जोड्न सफल नेपालले ५ विकेट गुमाइसकेको छ।  

सोम्पाल कामी र शक्ति गौचन खेलिरहेका बेला पानी परेपछि खेल रोकिएको हो।  नेपालले टस हारेर पहिले ब्याटिङ गरेको हो। 

काठमाडौँ: विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि मैदान किर्तिपुरमा भइरहेको नेपाल- केन्याबीचको खेलमा नेपालको तेस्रो विकेट गुमेको छ।  

खेलमा सागर पुन आउट भएका हुन्।  सागर पुन १० रनको व्यक्तिगत स्कोरमा आउट भएका छन्। केन्याविरूद्ध खेलिरहेका उनले २३ बल २ चौका प्रहार गरेका थिए। 

उनी १२औं ओभरको अन्तिम बलमा ओदियाम्बोको बलमा क्याच आउट भए। १३ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउँदै ४५ रनमा खेलिरहेको छ। अहिले मैदानमा दीपेन्द्रसिंह ऐरी आएका छन्। 

काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि मैदान किर्तिपुरमा भइरहेको नेपाल- केन्याबीचको खेलमा नेपालको दोस्रो विकेट गुमेको छ।
२७ रन बनाएर कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन्। 
 
३५ बल खेलेका उनले ५ चौका प्रहार गरेका थिए।
 
एन एन ओदियाम्बोको बलमा उनी बोल्ड भएका हुन् ।

 

नेपाल र केन्यावीचको क्रिकेट खेलमा वर्षा बाधक, पारसबिनै नेपाल उत्रने प्राय: निश्चित

काठमाडौं : विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज शनिबार नेपाल र केन्याको खेल हुने भने पनि बिहानै देखि परिरहेको पानीले अनिश्चितता बढाएको छ । जसले गर्दा खेल निर्धारित समय ९ः३० मा खेल हुन सक्ने छैन ।

यद्यपि नेपाल र केन्या दुबैको टोली त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुग्दैछ । मैदानको अवस्था हेरेपछि थप निर्णय हुनेछ ।
पारसबारे आज नै निर्णय

झण्डै तीन साताअघि मात्र एपेन्डिक्सको शल्यक्रिया गरेका कारण कप्तान पारसले अझै फिट भइसकेका छैनन् । उनले केही दिनदेखि अध्यास गरिरहेका छन् ।

तर, आज शनिबार खेल्ने नखेल्ने निश्चित भइसकेको छैन । यसबारे आज निर्णय हुनेछ ।

राष्ट्रिय टोलीका प्रशिक्षक जगट टमाटाले पारस मानसिक रुपमा फिट रहेको बताए । यदि पारस नखेले विकल्पमा कसलाई खेलाउने योजना रहेको उनले बताए ।

तर, कप्तान पारसको अनुपस्थितिले नेपालको सिंगो टिम केही दबावमा पर्ने त त छँदैछ, मिडिल अडरको ब्याटिङमा पनि समस्या आउनसक्छ ।

सुनिलको डेब्यू निश्चित

केन्याविरुद्ध मैदान उत्रँदा नेपाली टोलीबाट सुनिल धमलाले डेब्यू गर्ने लगभग पक्का छ । उनले उपकप्तान ज्ञानेन्ऽ मल्लसँग ओपनिङ गर्नेछन् । यू-१९ क्रिकेटबाट आएका उनी पछिल्लो समय निकै लयमा देखिएका छन् ।

शुक्रबारको प्रशिक्षणपछि प्रशिक्षक टमाटाले पनि केन्याविरुद्ध सुनिल खेल्ने संकेत गरे ।

यस्तै अलराउण्डर मेहबुब आलम पनि सम्भवत केन्याविरुद्ध मैदान उत्रिनेछन् । उनी दुई वर्षपछि उनी टोलीमा परेका छन् । प्रशिक्षक टमाटाले भने, उनले जुन प्रदर्शन गरेका छन्, त्यसलाई हेरेरै टिममा ल्याइएको हो । लोअर मिडिल अडरमा उनको रोल छ र, उनको बलमा स्वीङ पनि छ ।’

लोअर अडरमा टमाटासँग विनोद भण्डारी र मेहबुबसँगै दिपेन्द्र  सिंह ऐरी विकल्प छन् । दिपेन्द्र -१९ र राष्ट्रिय प्रतियोगिताहरुमा आक्रमक ब्याटिङ गर्दै राष्ट्रिय टोलीमा परेका छन् र, डेब्यूको पर्खाइमा छन् ।

 

Advertisement

Advertisement