राष्ट्रिय सम्मानका साथ गौतमको दाहसंस्कार, ७२ वर्षीय पीताले दिए दागबत्ती

Advertisement

कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागि मृत्यु भएका नेपाली गौविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आइतबार अन्त्योष्टि गरिएको छ ।

कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थिव शरीरमा उनका ७२ बर्षीय पीता खेमलाल गौतमले दागबत्ती दिएका थिए ।

Advertisement

गौतमको अन्त्येष्टी कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौं नागरिकले स्वतः स्फुर्त सहभागिता जनाएका थिए ।

यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । होली नमनाउने घोषणा गर्दै कैलाली र कञ्चनपुरका हजारौंले शवयात्रामा सहभागिता जनाएका थिए ।

सरकारले शहीद घोषणा गरिसकेका गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो ।

उनको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । उनको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सीधै दोदा नदी किनार लगिएको थियो ।

नेपाल-भारत सीमाभन्दा निक्कै वर आनन्दबजारमा कल्वर्ट राख्ने बिषयमा सुरु भएको विवादले उग्ररुप लिँदा भारतीय एसएसबीले गत चार दिन अघि गौतमको हत्या भएको थियो ।

Advertisement

Advertisement