केन्यामाथि नेपालको सात विकेटको सहज जित, ज्ञानेन्द्र र ऐरीको अर्धसतक

Advertisement

काठमाडौँ : नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको आफ्नो दोश्रो खेलमा सोमबार केन्यामाथि सहज जित निकालेको छ ।

नेपालका लागि आजको खेल सानदार राख्यो किनकि ज्ञानेन्द्र मल्ल र पहिलो आफ्नो अन्तरास्ट्रिय खेलमा दिपेन्द्र ऐरी अर्धसतक पूरा गरे । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले हराएर सहज जीत निकालेको हो ।

Advertisement

नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । ज्ञानेन्द्रले व्यक्तिगत ६८ रङको अविजित पालि खाले भने तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका सरद भेसवाकरले छका हान्दै टोलीको जीत निश्चित गरे  ।

यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्ट टाइम स्पिनर शरद भेषावकरले चार विकेट लिदै केन्याको इनिङ धराशयी बनाएका थिए । यसैगरी मेहेबुब आलमले सनसनीपूर्ण बलिङ गर्दै सात ओभरमा पाँच मेडन राखेर दुई विकेट लिए ।

Advertisement

Advertisement