एसीसी इमर्जिङ टिम्स कप क्रिकेट: नेपाललाई हङकङको २१५ रनको चुनौती प्रस्तुत

Advertisement

काठमाडौंः आफ्नो समूह बी अन्तर्गतको औपचारिक एसीसी इमर्जिङ टिम्स कप क्रिकेटबाट बाहिरिसकेको नेपाली टिमलाई
हङकङले २१५ रनको चुनौती प्रस्तुत गरेको छ। 

बंगलादेशमा जारी कक्स बजारमा रहेको शेखकमल स्टेडियमा टस हारेर पहिले व्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सवै विकेट गुमाउँदै २१४ रनको योगफल बनायो।

Advertisement

हङकङका लागि अंशुमान रथले सर्वाधिक ५१ रनको योगदान दिए। यस्तै केमरुन म्याअल्सनले ४३, वकास खानले ३०, सहीद वासिफले २२, एसान खानले १८ र वाजिद शाह मोहम्मदले १६ रन जोडेका थिए।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल, सुशन भारी र भुवन कार्कीले समान दुई–दुई तथा सन्दिप लामिछाने र अविनाश कर्णले समान एक–एक विकेट लिएका थिए। नेपालले केहीबेरमा जवाफी व्याटिङ थाल्नेछ।

समूह बीमा अन्तर्गतनै रहेको हङकङले पानि आफ्नो दुवै खेल पाकिस्तान र बंगलादेशसँग हारेको कारण प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको छ ।

 

Advertisement

Advertisement