काठमाडौं । बेलायतको लर्डस क्रिकेट मैदानमा आयोजित त्रिकोणत्मक टी–२० सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता भएका छन् ।
नेपाल र नेदरल्याण्डले आयोजक मेरेलिबोन क्रिकेट क्लब (एमसीसी) लाई हराउँदै संयुक्त विजेताबनेका हुन् । नेपाल र नेदरल्याण्डबीचको निर्णायक खेल वर्षाका कारण रद्ध भएपछि दुबै टोलिलाई संयुक्त विजेता घोषणा गरिएको थियो ।
लर्डस क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ शुरु गरेको नेदरल्याण्डले १६ ओभर चार बल खेल्दै चार विकेटको क्षतिमा एक सय ६४ रन बनाउँदा पानी पर्नथालेको थियो । लगातार पानी परिरहेपछि अम्पायरले खेल रद्ध गरे सँगै दुवै टिम संयुक्त विजेता बनेका थिए ।
नेदर ल्याण्डका वेस्ले बेरेसीले सर्वाधिक ४४ रन बनाउँदा नेपालका बसँत रेग्मी, करन केसी र सोमपाल कमीले समान एक–एक विकेट लिए ।
यस अघि आयोजक एमसीसी नेपाल सँग नौ विकेटले पराजित भएको थियो ।
नेपाली क्रिकेट टिमको अब नेदरल्याण्ड भ्रमण शुरु हुनेछ । नेपालले नेदरल्याण्डमा एतिहासिक एकदिवसीय श्रृङ्खला खेल्ने छ । नेपाल र नेदरल्याण्डबीच दुई वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल हुछ । उक्त दुई खेलहरु बुधबार र शुक्रबार हुनेछ ।