न्यायधीसलाई सिध्याउने धम्की दिने माओवादी नेतालाई सर्वोच्चको पक्राउ वारेन्ट

Advertisement

काठमाडौंः सर्वोच्च अदालतले यसअघि जन्मकैदको फैसला भएका माओवादी केन्द्रका नेता एवं पूर्व–सभासद बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गरी कारागारमा पेश गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको छ । 

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले बिहीबार ढुंगेललाई पक्राउ गर्न वारेन्ट जारी गरिएको आदेश दिएको हो । अधिवक्ता दिनेश त्रिपाठीद्धारा दायर अदालतको अवहेलनासम्वन्धी मुद्दामा सर्वोच्चले पक्राउ गर्न आदेश दिएको हो । 

Advertisement

सर्वोच्चले उनलाई पक्राउ गर्न नेपाल प्रहरी र मातहतका सम्पूर्ण जनशक्ति परिचालन गर्न महानिरीक्षकलाई आदेश दिएको हो । गत फागुन २९ गते रामेछापको सैंपुस्थित फेदी भन्ने स्थानमा गरिएको कार्यक्रममा ढुंगेलले आफूमाथि सर्वोच्च अदालतले गरेको फैसलाप्रति आक्रोश पोख्दै आफूविरुद्ध फैसला गर्ने न्यायाधीशमाथि भौतिक आक्रमण गर्ने चेतावनी दिएको समाचार आएको थियो । 

आफूले सर्वोच्चको फैसला र गिरफ्तारी वारेन्टलाई खारेज गरिदिने भन्दै उनले आफूविरुद्ध फैसला गर्ने न्यायाधीशको नाममा उल्टै आफूले वारेन्ट जारी गर्ने धम्की दिएका थिए । उनको यही धम्कीको बारेमा सर्वोच्चले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ढुँगेललाई संरक्षण गर्ने कुराबाट पछि हटेका थिए । 

अदालतको फैसलामाथि नै चुनौती दिनेदेखि न्यायाधीशमाथि अमर्यादित ढंगले भौतिक आक्रमणको धम्की दिने विषयलाई आफूले गम्भिरतापूर्वक लिएको सर्वोच्चले जनाएको छ । 

Advertisement

Advertisement