एजेन्सी: जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुग्न संघर्षरत किङ्गस इलेभेन पञ्जाबले गयराती भएको खेलमा पंजावले यो सिजन कुनै पनि टोलीले बनाएको यो सबैभन्दा उच्च स्कोर बनाउन सफल भएको छ ।
इतिहांश रच्ने क्रममा उसले गय राति नै २३० बनाउदा मुम्बई इन्डियन्सले सो लक्ष्य भेटाउन ६ रनले चुक्ता मुम्बई हिजोको खेलमा पराजित हुन पुग्यो । आइपियलको यो १० औं सिजन हो ।
निकै रोमाञ्चक बनेको खेल अन्तिम ओभरमा फैसला भएको थियो । मुम्बईलाई अन्तिम ६ बलमा जीतका लागि १६ रन आवश्यक रहेकोमा टोलीले मात्र ८ रन बनाउन सफल रह्यो ।
मोहित शर्माले अन्तिम चार बलमा मात्र १ रन दिएपछि पञ्जाबले खेल आफ्नो पक्षमा पार्न सफल बनेको हो ।
जितसँगै पञ्जाबले प्लेअफसम्म पुग्ने आशा जिवितै राखेको छ । यसका लागि उसले अझै आफ्नो अन्तिम खेल जित्नुपर्ने हुन्छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले ३ विकेट गुमाउँदै २ सय ३० रन बनायो ।
पञ्जाबका लागि म्यान अफ द म्याच घोषित ऋद्धिमन शाहले नट आउट रहँदै ९३ रन बनाए । उनले यस क्रममा ११ चौका र ३ छक्का हिर्काए । पहिलो विकेटका लागि मार्टिन गुप्टिल (३६ रन) सँग मिलेर ६८ रनको साझेदारी गरे ।
कप्तान ग्लेन म्याक्सवेलले पनि विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ४७ रनको योगदान दिए । उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काए । मुम्बईका लागि मिचेल म्याक्लेगन, जस्प्रित बुम्राह र करन शर्माले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको मुम्बईले पनि उत्कृष्ट शुरुवात गर्यो । ओपनरद्वय लेन्डल सिमनले ५९ तथा पार्थिव पटेलले क्रमशः ५९ र ३८ रन बनाए । पहिलो विकेटका लागि दुवैले ९९ रनको साझेदारी गरे ।
तर, त्यसपछि पटेल, सिमन्स, नितिश राना र कप्तान रोहित शर्मालाई मुम्बईले छिटो–छिटो गुमायो ।
त्यसपछि ब्याटिङमा आएका केरन पोलार्ड र हार्दिक पाण्डेयले खेल सम्हाले ।
हार्दिक पाण्डेयले ४ छक्का हिर्काउँदै ३० रन बनाएपछि मुम्बई जित नजिक पुग्यो । करन शर्माले पनि विस्फोटक १९ रन बनाए ।
तर, ५० रन बनाएका केरन पोलार्डले मुम्बाईलाई जितसम्म पुर्याउन सकेनन् । मुम्बई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा मात्र २२३ रनमा सिमित बन्यो ।