सिद्धनाथ पाताल भूमेश्वर धार्मिक महोत्सव सुरु

Advertisement

बैतडीः पातालभूमेश्वर धाममा विराट् सिद्धनाथ पाताल भुवनेश्वर धार्मिक महोत्सव २०७५ आजदेखि सुरु भएको छ ।

पातालभूमेश्वर धामको महिमाका बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक परमानन्द भट्टले जानकारी दिए ।

महोत्सवको उद्घाटन गर्दै प्रदेश नंं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय संरचनाको नयाँ अभ्यासमा आएको विभिन्न खाले समस्या चिरेर सरकार अगाडि बढिरहेको उल्लेख गरे ।

महोत्सवमा तुलादान, कलशयात्रा, शालिकराम पूजा, दैनिक योग शिविर, कथावाथक हरिशरण महाराजबाट धार्मिक प्रवचन हुनेछ । महोत्सव यही वैशाख ३१ गतेसम्म चल्नेछ ।

Advertisement

Advertisement

Advertisement