काठमाडौं । संघीय संसद्अन्तर्गत आज अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ब्रोकाउलीको भाउ घटेको छ भने पुदिनाको बढेको छ । आज ब्रोकाउली प्रतिकिलो १५० रुपियाँ रहेको छ । हिजो भने १७६ रुपियाँमा किनबेच भएको थियो । हिजोको तुलनामा २६ रुपियाँले घटेको हो । त्यस्तै हिजो ...
काठमाडौं । निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड कर्मचारी माग गरेको छ । कम्पनीले एआर म्यानेजर, लजिस्टिक एनड एडमिन म्यानेजर र कम्युनिकेसन एन्ड कस्टरम सर्भिस अफिसर पदमा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो । कम्पनीले उल्लिखित तीनवटै पदमा ...
काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनल...
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ६ हजार ३८५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल उक्त शेयर संस्थाका संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक...
काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ । ...
काठमाडौं । आज २०८१ भदौ २३, सेप्टेम्बर ८, २०२४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य घटेको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०२ रुपियाँ र बिक्री दर १३४.६२ रुपियाँ तोकिएको छ । अ...
काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहँदा हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । अहिले गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो ...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको २३ गते आइतबार, भाद्र शुक्लपक्षको पञ्चमी तिथि । आज ऋषि पञ्चमी रहेको छ । आज सप्तऋषिको पूजा गर्ने गरिन्छ । मेष विदेश यात्राको सोचमा बृद्धि हुने छ । शैक्षिक तथा बौद्धिक क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ ...
काठमाडौं । मुम्बईबाट फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रवार पूर्वी टर्कीमा आपत्कालीन अवतरण गरेको छ । दुई सय ४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो । धम्की दिनेको खोजी भइरहेको बताइएको छ...
काठमाडौं । थाइल्याण्डका राजा महा वजिरालोङ्कोर्नले नयाँ पोर्टफोलियोको शाही अनुमोदनपछि शुक्रवार गठबन्धन सरकारमा प्रधानमन्त्री प्यातोङटार्न सिनावात्रा र क्याविनेट मन्त्रीहरूलाई शपथ ग्रहण गराएका छन् । फेउ थाई पार्टी नेतृत्वको गठबन्धन अन्तर्गत प्यातोङटार्न र ३५ मन्त्रिपरिषद् ...
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई आग्रह गरेका छन् । निजामती सेवा दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले निजामती कर्मचारीका कारण नेपाल करप्ट (भ्रष्...
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ढोरपाटनस्थित जलाशययुक्त उत्तरगंगा जलविद्युत परियोजना निर्माणको काम तत्काल सुरु गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । उक्त परियोजनासम्वन्धमा शुक्रबार बसेको बैठकमा उनले उत्तरगंगा बनाउन लाग्ने बजेट सरकारले व्यवस्था ग...
काठमाडौं । कोरोना बीमामा सरकारले दिनुपर्ने रकम तत्काल निकासा गर्न परमादेशको माग गर्दै १२ निर्जीवन बीमा कम्पनी र नेपाल बीमक संघले सर्वोच्चमा रिट पेश गरेका छन् । गत हप्ता नेपाल बीमक संघको सर्वोच्चमा रिट दर्ता गर्ने निर्णय गरेको थियो । त्यस...
मुग्लिन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुई...
काठमाडौँ । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले शुक्रबार गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा विश्व बैंकले नेपालका विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको थियो । गृहमन्त्री ले...
दार्चुला । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलामा महाकाली नदीमा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको अनुगमन गरेका छन् । राजदूत श्रीवास्तवले महाकाली नगरपालिका–८ असिगडामा निर्माण भइरहेको भारतको छारछुम जोड्ने मोटरेवल...
काठमाडौं । नेपालमा बार्षिक साढे तीन अर्ब रुपियाँको साडी आयात हुने गरेको देखिएको छ । नेपालमा तीज जस्ता पर्वहरुमा महिलाहरुले संस्कृतीको रुपमा साडी लगाउँछन् । अन्य पर्वहरुमा पनि महिलाहरुले साडी लगाउँछन् । त्यसरी लगाइने साडी नेपालमा बार्षिक साढे ती...
काठमाडौँ । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । हिजो दिउँसो चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरम...
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शङ्कास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्व...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका छन् । सो मन्त्रालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स...
काठमाडौं । संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैंकि कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । ...
झापा । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा...
काठमाडौं । जर्मनले नपाललाई ५१ मिलियन युरो आर्थिक सहायता गर्ने भएको छ । नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ। वार्तामा जर्मन सरकारकोतर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सह...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवद्र्धनलाई रु तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर...