नेपालमा बार्षिक साढे तीन अर्ब रुपियाँको साडी आयात

Advertisement

काठमाडौं । नेपालमा बार्षिक साढे तीन अर्ब रुपियाँको साडी आयात हुने गरेको देखिएको छ । नेपालमा तीज जस्ता पर्वहरुमा महिलाहरुले संस्कृतीको रुपमा साडी लगाउँछन् । अन्य पर्वहरुमा पनि महिलाहरुले साडी लगाउँछन् । 

त्यसरी लगाइने साडी नेपालमा बार्षिक साढे तीन अर्ब रुपियाँको आयात हुने गरेको भन्सार बिभागको तथ्यांकले देखाएको छ । गत आव २०८०–८१ मा तीन अर्ब ५१ करोड १७ लाख रुपियाँकोसाडी आयात भएको छ । 

Advertisement

बिभागले लुंगी र धोतीलाई पनि सोही तथ्यांकमा समावेश गरेको छ । गत आवमा ७९ लाख ९५ हजार ७८४ वटा सारी आयात भएको देखिन्छ । त्यसमा अधिकांश साडी नै रहेको बताइन्छ । 

गत आवमा ७६ करोड २९ लाख रुपियाँको कटनका यस्ता कपडा आयात भएको छ । फाइवर्समा भने एक अर्ब ७४ करोड ८८ लाख रुपियाँको यस्तो कपडा आयात भएको देखिएन्छ । 

कटनको ४६ लाख ९८ हजार ९४५ र फाईवर्सको ३२ लाख ९६ हजार ८४० वटा साडी, लुंगी र धोती आयात भएका छन् । 

अघिल्लो आव २०७९–८० मा नेपालमा दुई अर्ब ६९ करोड दुई लाख रुपियाँको ६१ लाख ४२ हजार ९७० वटा यस्ता कपडा आयात भएको थियो । त्यसमा कटनको एक अर्ब ६७ करोड ६ लाख रुपियाँमा ४४ लाख २५ हजार ७४१ वटा र फाइवर्सको एक अर्ब एक करोड ९६ लाख रुपियाँमा १७ लाख १७ हजार २२९ वटा यस्ता कपडा आयात भएका थिए । 

चालु आवको पहिलो महिना साउनमै झण्डै ४० करोड रुपियाँको नौ लाख २४ हजार ९५४ वटा साडी आयात भएको छ ।

Advertisement