साफ महिला फुटबल आजबाट विराटनगरमा सुरु हुँदै

Advertisement

मोरङ । साफ महिला फुटबल च्याम्पियनसिपको पाँचौं संस्करण मंगलबारबाट मोरङको विराटनगरमा सुरु हुँदै छ । सहिद रंगशालामा दिउँसो २ बजे सुरु हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्छदैछन् ।

नेपालको मोफसलमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन भुटानी टोली एक साताअघि नै नेपाल आइसकेको थियो । यो खालको महिना फुटबल नेपालले पहिलो पटक आयोजना गर्न लागेको हो । पाँचौं संस्करणसम्म आइपुग्दा नेपाल र भुटानका महिला फुटबल टिम दुई पटक खेलिसकेका छन् । दुवैमा नेपालले भुटानलाई ८–० ले पराजित गरेको थियो ।

साफ महिला च्याम्पियनसिपको सबै संस्करणमा भाग लिएको भुटानले कुनै संस्करणमा पनि समूह चरण पार गर्न सकेको छैन्। भुटानले अहिलेसम्म एउटै पनि खेलमा जित निकाल्न सकेको छैन्। विगतका ४ संस्करणमा १२ खेल खेल्दा भुटानले जम्मा ३ गोल गरेको छ भने ७२ गोल खाएको छ। यस पटक भने भुटानी टिमले केही तयार गरेको देखिएको छ ।

नेपाली टिमले भने साफ महिला फुटबलमा उत्साहजनक खेल खेल्दै आएको छ । यसअघिका चार संस्करणमध्ये ३ मा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। यस पटकको नेपाली टिमको नेतृत्व निरु खड्काले गरेकी छन् भने टिमलाई हरि खड्काले प्रशिक्षण दिएका छन् । घरेलु मैदानमा खेल हुन लागेकाले नेपाललाई जित निकाल्न सहज हुने आशा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement