कोपा अमेरिका कपबाट बाहिरियो अर्जेन्टिना, ब्राजिल फाइनलमा

Advertisement

एजेन्सी । कोपा अमेरिका कपबाट ब्राजिलले अर्जेन्टिनालाई निकाल्दै फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गरेको हो । रोबर्टो फर्मिन्होले ७१औँ मिनेटमा गोल गरि फाइनल यात्रा सुरक्षित गरेका हुन् ।

ब्राजिलको जितमा ग्याब्रियल जिसस र रोबर्टो फिर्मिन्होले समान १–१ गोल गरे । खेलको १९औँ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

फिर्मिन्होको पासलाई सदुपयोग गर्दै जिससले घरेलु टोलीलाई अग्रता दिलाए । दायाँ भागबाट फिर्मिन्होको क्रसलाई डिबक्स भित्र अनमार्क रहेका जिससले सहजै गोल गर्न सफल रहे । उपाधिका लागि ब्राजिलले अब चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।

Advertisement

Advertisement

Advertisement