विश्व फुटबलप्रेमीहरूको ध्यान ला लिगाले तान्यो, कस्तो रहला यो लिग ?

Advertisement

काठमाडौं । स्पेनिस फुटबल लिग ला लिगा विश्वभरका फुटबलप्रेमीहरूको लोकप्रिय प्रतियोगिता हो । फुटबल स्टारहरूको केन्द्र बन्दै आएको ला लिगा लिग शनिबारबाट सुरु हुँदैछ ।  

फुटबल स्टारद्धय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले स्पेन छाडेकाले यस पटकको ला लिगाको आकर्षण कम हुने हो कि ? भन्ने चिन्ताका बीच लिग सुरु हुन लागेको छ । यद्यपि थुप्रै चर्चित खेलाडीहरू यस प्रतियोगितामा सहभागी हुँदैछन् । मेस्सीले केही दिनअघि मात्रै बार्सिलोना क्लबबाट बिदा भएका थिए । 

Advertisement

स्पानिस मिडियाहरूले ला लिगा लिगको आकर्षण विगतमा भन्दा कम नहुने दावी गरेका छन् । विश्वकै महंगा खेलाडीहरू मेस्सीले बार्सिलाना र रोनाल्डोले रियल म्याड्रिड छोडेपछि दुई क्लबको व्यापारमा ठूलो गिरावट हुने बताइँदै आएको बेला ला लिगमा नयाँ खेलाडीहरूले आफूलाई स्थापित गर्ने मौका पाउने छन् । 

युरोपियन म्याचहरूमा नेपाली युवाहरूको पनि निकै आकर्षण छ । यस पटक पहिलो पल्ट नेपाली टेलिभिजनमै ला लिगा हेर्न सकिन्छ । डिशहोमको एक्शन स्पोर्टले यसको प्रत्यक्ष प्रसारण गर्दैछ । 

यस पटकको म्याचमा मेस्सी र रोनाल्डोको स्थान लिने हुन ? उनीहरूको अनुपस्थितिमा क्लबहरूले गुमाउने लाखौं डलरको व्यापार कसरी पूर्ति होला ? देख्न सकिने छ । कोरोनाको विश्वव्यापी महामारीका बीच हुन लागेको यस पटकको खेलमा स्वास्थ्य सुरक्षाप्रति स्पेनले निकै सावधानी अपनाउँदै छ । 

यस लिगमा साविक विजेता एट्लेटिको मड्रिड उपाधि रक्षा गर्न लागिपर्ने देखिन्छ भने क्लासिको र एट्लेटिको, सेभिया जस्ता क्लब पनि उपाधिका दावेदारको रुपमा प्रस्तुत हुनेछन् । मेस्सी र रोनाल्डो जस्ता खेलाडी नभएसँगै बार्सिलोना, रियल म्याड्रिड जस्ता क्लबको मनोबल केही कम हुने देखिन्छ भने कमजोर मानिएका क्लबको मनोबल बढ्ने देखिन्छ । 
 
ला लिगामा अहिले चर्चामा रहेका पेड्रीलगायतका खेलाडी छन् । खेलप्रेमीहरूको नजर यस्ता खेलाडीहरूमा रहेको छ । एडेन हजार्ड र गारेथ बेल पनि चर्चित खेलाडी नै हुन् । नयाँ खेलाडी सर्जियो अगुएरो, एरिक लामेला पनि ला लिगा खेल्न क्लबहरूमा अनुबन्धित भइसकेका छन् । 

रायो भालेकानो, रियल मालोर्का, एस्पानयोल, गेटाफे, लेभान्टे, इल्चे र काडिज जस्ता क्लबहरूबाट हुने प्रदर्शन कस्तो रहने छ ? त्यसको आधारमा ला लिगाको आकर्षण बढाउने छ । अहिले ला लिगाका लागि धेरै खेलाडी स्पेनमा जम्मा भइसकेका छन् । 

ला लिगा क्लबहरुसँग पहिला भएको जस्तै पैसा छैन तर अझैपनि किलिएन एमबाप्पे र एर्लिन हालान्ड जस्ता युवा स्टारको नाम भविष्यमा स्पेनमा खेल्न सक्ने भनेर चर्चामा छ ।

Advertisement

Advertisement