काठमाडौं । मनकामना केबलकार सेवा आइतबार (भदौ २०)बाट सुचारु हुने भएको छ । मनकामना दर्शन प्रा.लि.का सञ्चालक राजेशबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्डका साथ सुचारु हुन लागेको जानकारी दिएका छन् ।
कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै पुनः बन्द हुन पुगेको मनकामना केबलकारलाई सुचार गर्न लागिएको हो । चितवनको कुरिनटारदेखि गोरखाको लोकप्रिय धार्मिक स्थल मनकामना मन्दिरसम्म सञ्चालन हुँदै आएको यो सेवा लिने दैनिक हजारौं हुँदै आएका थिए । मन्दिर दर्शन गर्न जानेदेखि धार्मिक पर्यटकहरूलाई यसले निकै सहज गर्दैआएको थियो ।