गुणको भैरहवा उडान सुरु, दशैंका यात्रुलाई सहजीकरण गर्न उडान गन्तव्य बढाउँदै

Advertisement

काठमाडौं । निजि वायुसेवा कम्पनी गुण एयरलाइन्स ले ३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट बिहीबार भैरहवामा पहिलो पटक नियमित उडान शुरु गरेको छ ।आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीमसहित कुल सात वटा विमान बाट उडान थाल्ने क्रममा बिच एअरक्राफ्ट १९०० द्वारा भरतपुर पोखरा र तुम्लिङटारमा भने नियमित उडान असोज १ गते देखि नै  शुरु गरेको थियो।

यो वायुुसेवाले यस अघि जेटस्टीमबाटै तुम्लिङटार भरतपुर  र पोखरामा नियमित उडान सुरु गरिसकेको छ । गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापा का अनुसार यसैसाता देखिनै अन्य गन्तव्य  सिमरा, जनकपुर, नेपालगन्ज, सुर्खेत र  विराटनगर को लागि उडान भर्नेगरि तयारी भइरहेको छ।

Advertisement

नेपालीहरूको महान चाड दशैंलाइ लक्षित गर्दै आफूहरू यात्रुलाई सुरक्षित र भरपर्दो हवाई सेवा सुविधा दिन कुनै प्रतिवद्ध रहेको यो वायुसेवाले बताएको छ । यो वायुसेवाले वर्तमान हवाइ भाडादरको चर्को प्रतिस्पर्धामा आफूहरू पनि उत्रेर गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा जाने थापाले बताए ।

Advertisement

Advertisement