एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि नेपाललाई

Advertisement

काठमाडौं । नेपालले उज्वेकिस्तानलाई हराउँदै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि हात पारेको छ । नेपालले यसअघि सन् २०१९ मा पनि यो उपाधि हात पारेको थियो । 

बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर उपाधि हात पारेको हो । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहेको आजको खेलको पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६–२४ ले उज्वेकिस्तानलाई हराएको थियो ।

Advertisement

दोस्रो सेटमा विवादका बीच उज्वेकिस्तानको पुनरागमन भए पनि तेस्रो सेटमा भने नेपालले २५–१५ ले सहजै जित हात पारेको थियो । तर चौथो सेटमा पुनः उज्वेकिस्तान हावी भएपछि पाँचौं सेट मात्रै निर्णायक हुन पुग्यो । पाँचौ सेटमा नेपालले १५–११ ले सहजै जित्दै उपाधि हात पार्न सफल भएको थियो । 

Advertisement

Advertisement