काठमाडौं । एसोसिएशसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)ले मन्टेश्वरी विद्यालयहरुको हौसला बढाउन अपेन डाइनामिक लिडर अवार्ड–२०२१ को घोषणा गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर संघले उक्त अवार्डबारे जानकारी दिँर्दै यही आउँदो पुस २४ गते सो अवार्ड प्रदान गरिने जानकारी दिएको छ । संघका अध्यक्ष बद्रीप्रसाद दाहालले अपेन मन्टेश्वरी र बालबालिकासँग सम्बन्धित व्यक्ति र क्षेत्रको साझा संगठन भएको बताउँदै कोरोना महामारीले बालबालिकाहरुलाई शिक्षा दिने संस्थाहरु अप्ठ्यारो अवस्थामा गुज्रिएर यहाँसम्म आइपुगेको बताए ।
उनले महामारीको अवस्थामा राज्यले प्रिस्कुललाई कतैबाट पनि सहयोग नगरेको भन्दै दुःख व्यक्त गरे । दाहालले विशेषगरी यो क्षेत्रमा महिला उद्यमीहरु ९० प्रतिशत रहेको र ५० अर्ब रुपियाँ बरारबरको लगानी भएको बताउँदै कानुन बमोजिम ५ हजार प्रिस्कुल संचालित भएको बताए ।
कोरोना महामारीमा धान्न नसेकेर धेरै प्रिस्क्ुल बन्द भएको जानकारी दिँदै दाहालले जसले त्यस्तो अवस्थामा पनि संचालन गरेका उद्यमीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्न अवार्ड वितरण गर्न लागेको बताए ।
उनले भने, ‘बालबालिकाहरुको क्षेत्रमा विना शर्त सरकारले लगानी बढाउन्पर्छ । बालमैत्रीहरु, शिक्षा लगानीकर्ताहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने बातावरण सिर्जना सरकारले गरिदिनुपर्छ ।’
संघका सचिव उमानाथ निरौलाले अपेन सम्पूर्ण इसिडि पूर्वप्राथमिक विद्यालय तथा किन्डर गार्डेन मन्टेश्वरीको हकहितको निम्ति स्थापना भएको बताए । संगठनमा रही ५ वर्षदेखि निरन्तर काम गर्दै आएका निरौलाले
पोस्ट कोविडबाट सबै भन्दा धेरै मारमा प्रिस्कुल परेको सुनाए ।
महामारीको कारण धेरै प्रि–स्कुल बन्द भएको बताउँदै निरौलाले प्रतिकुल अवस्थामा पनि स्कुल सञ्चालन गर्ने तीन सय स्कुलका प्रिन्सिपलहरुलाई हौसला स्वरुप अवार्ड वितरण गर्न लागेको बताए ।
संस्थाका संयोजक कृष्ण बोहोराले कोभिड महामारीले प्रिस्कुलहरु आर्थिक रुपमा जिर्ण बन्न पुगेको बताए । उनले सम्पूर्ण प्रिस्कुलहरु एकआपसलाई बचाउँदै सामान्य अवस्थामा फर्केको बताए । पाँच वर्ष मुनिका बालबालिकाहरुको भविष्य बोकेर सञ्चालन गर्दै आएका तीन सय विद्यालयका प्रिस्कुलका प्रिन्सिपलहरुलाई सम्मान गर्न लागेको उनले जानकारी दिए ।
बोहोराले भने, ‘हिजोको दिनमा जस्तोसुकै परिस्थितिमा जुधेर पनि बालबालिकाको उज्जव भविष्यको लागि लडेको हुनाले उहाँहरुलाई सम्मान गर्न लागिएको हो ।’ अपेनमा आवद्ध नभएका विद्यालयहरुलाई पनि सहभागी गराउन चाहेको उनको भनाई थियो ।
बोहोराले अपेनमा सहभागी हुन चाहनेहरुलाई आफ्नो कार्यालय अनामनगर अफिसमा सम्पर्क गर्न पनि आग्रह गरे । प्रिस्कुलहरुको हकहितको लागि ५ वर्ष अगाडी अपेन स्थापना गरिएको उनले बताए । हाल देशैभरका प्रि–स्कुलहरुलाई समेट्ने प्रयास आफ्नो संस्थाले गरिरहेको बोहोराले जानकारी दिए । अवार्ड निःशुल्क वितरण गरिने उनको भनाई थियो ।
प्रिस्ुकलको शिक्षण विधि नेपालमा १५ वर्ष अगाडी भित्रिएको उनले बताए । नेपालको शैक्षिक क्षेत्रमा परेको विदेशी प्रभावसँगै शिक्षण विधि पनि भित्रिएको बोहोराको भनाई थियो । उनले भने, ‘यो पेशामा धेरै महिलाहरु धेरै हुनुहुन्छ । सिप मुलक व्यवसायको कुरा गर्दा मन्टेश्वरीले महिलाहरुलाई निकै सहज बनाएको छ र यसमा ९५ प्रतिशत महिला सहभागी हुनुहुन्छ ।’
उनले राज्यको पाठ्यक्रमभित्र रहेर शिक्षा दिइरहेको, पाठ्यक्रमको गतिविधिमा नानीबाबुहरुलाई सहभागी गराएर शिक्षण गराइएको समेत बताए । मन्टेश्वरीको कारण आज अभिभावकहरु खुलेर काम गर्न पाएको पनि बोरोराले बताए । बालबालिकाको व्यवस्थापन राज्यको काम भए पनि राज्यको आँखा नपरेको उनको भनाई थियो । बोहोराले न्युनतम रकम लिएर प्रिस्कुल संचालन गर्दै आएको, हरेक परिवारको ठूलो समस्यालाई मन्टेश्वरीले समाधान गरेर देशलाई ठूलो सहयोग गरेको बताए ।
अपेनका केन्द्रीय सदस्य सन्जिव श्रेष्ठले देशभर प्रिस्कुलको संख्या पाँच हजार रहेको बताए । तीमध्ये अपेन अवार्डमा तीन सय विद्यालय सहभागी हुने उनले बताए ।
केन्द्रीय सदस्य कमला अधिकारीले अपेन डाइनामिक भनेको महिलाहरुले नेतृत्व गर्ने संस्था भएको बताइन् । उनले आजसम्म राज्यबाट अपेनलाई कुनै पनि सहयोग नगरेको सुनाइन् । प्रिस्कुल चलाउँदै गर्दा कोभिडले बर्बाद पारेको उनको भनाई थियो । अभिभावकहरुले कुरा नबुझ्नेमा महिलाहरुको चाँही विश्वास गर्ने अधिकारीले बताइन् ।