पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिन राप्रपाको माग

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । 

उक्त दिनलाई पर्वको रुपमा मनाउन राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । 

Advertisement

पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आए पनि २०६२–६३ पछि सरकारले आफूलाई क्रान्तिकारिता देखाउन उक्त दिवस औपचारिकरुपमा मनाउन छोड्नुका साथै सार्वजनिक विदासमेत कटौती गरेको थियो । 

पुथ्वी जयन्तीमा सार्वजनिक विदा दिन हरेक बर्ष दबाब बढ्दै गए पनि सरकारले अटेर गर्दै आएको छ । 

Advertisement

Advertisement