हिमालय एअरलाइन्स् आइएसओ प्रमाणिकरण प्राप्त गर्न सफल

Advertisement

काठमाडौँ । हिमालय एअरलाइन्स् नेपालमै सर्वप्रथम आइएसओ ९००१ः२०१५ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणिकरण हुन सफल भएको छ । एअरलाइन्स्लाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आइएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आइएसओ ९००१ः२०१५ बाट प्रमाणिकरण गर्दै गत डिसेम्बर २९, २०२१ मै सम्मानित गरिएको हो ।

एअरलाइन्स्ले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालीम लगायतका गुणस्तरीय सेवा प्रणाली ब्यवस्था गरे वापत उक्त प्रमाणिकरण प्राप्त गरेको हो ।

Advertisement

एअरलाइन्स्ले यसपूर्व अर्थात् अगस्त २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइ.एस.ओ बाट प्रमाणिकरण हुने सौभाग्य प्राप्त गरिसकेको थियो ।

आइ.एस.ओ ९००१ः२०१५ विश्वव्यापीरुपमै मान्यता प्राप्त स्तरिय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तराष्ट्रिय मानकीकरण संगठन(आइएसओ) द्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो, जसबाट प्रमाणित संस्थाले प्रदानगर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकहरुको आवश्यकता सन्तोषजनकरुपमा परिपूर्ति गर्ने गर्दछन् ।
 

Advertisement

Advertisement